घान्द्रुकमा ल्होछार पुजा

पाेखरा | पुस १२, २०८०

घान्द्रुकमा ल्होछार पुजा

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा गुरुङ जातिको मौलिक चाड ल्होछार पर्वको अवसरमा आयोजित ल्होछार पुजा आजबाट सुरु भएको छ । 


२६ औं ल्होछार पर्वको अवसरमा ङग्युर दोर्जे साङाग छयोएलिङ्ग गुम्बामा ल्होछार पर्वको अवसरमा पुजासँगै सांस्कृतिक कार्यक्रम सुरु भएको हो । ल्होछार पुजा पुष १५ गतेसम्म सञ्चालन हुनेछ । 


२६ औं ल्होछार पर्वको अवसरमा विरालो वर्गको विदाई र गिद्ध वर्गको आमगनको अवसरमा घान्द्रुकमा पुस ११ देखि १५ गतेसम्म ल्होछार पर्व मनाउन लागेको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए । 


बुधबार धर्म गुरुहरुको आगमनसहित जगे (किलखोर) स्थापना गरिएको छ । यस्तै आजदेखि १४ गतेसम्म ह्युमपत पुस्तक पाठन वाचनसँगै बिहान र साँझ साङ र डोल्मा पुजा हुने गुरुङले बताए । 
यस्तै १४ गते तोनाम घोसुस (ग्रह) शान्ति पुजा, १५ गते पितृ पुजा, बिहान १०देखि १२ बजेसम्म कङग्युर (त्रिपिटक) ह्युम पुस्तकसहित गाउँ परिक्रमा र १ बजेदेखि गुरु ढकर रिन्पोछे बाहुल्यबाट आयु छेवाङ (अभिषेक) दिने कार्यक्रम रहेको छ । 


२६ औं ल्होछार पर्वको अवसरमा विरालो वर्गको विदाई र गिद्ध वर्गको आमगनको अवसरमा घान्द्रुक गुम्बा परिसरमा ल्होछारको सुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको गुरुङले बताए ।

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्